News साविक विजेता अर्जेन्टिनाको फराकिलो जित, एसियाली राष्ट्र जापान र इरान पनि सफल
गोलनेपाल

काठमाडौं (एजेन्सी) । लिथुआनियामा जारी फिफा फुटसल विश्वकपको नवौं संस्करणतर्फ डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले फराकिलो जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

समूह एफमा रहेको अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अमेरिकालाई ११–० को फराकिलो अन्तरले हरायो । त्यस्तै समूह एफ मै रहेको एसियाली राष्ट्र इरानले सर्बियामाथि ३–२ को जित निकाल्यो ।

स्पेन र जापान पनि सफल

त्यसैगरी समूह ईमा रहेको अर्को एसियाली राष्ट्र जापानले पनि विजयी शुरुवात गरेको छ । जापानले आफ्नो पहिलो खेलमा एंगोलालाई ८–४ को फराकिलो अन्तरले हरायो ।

समूह ई मै रहेको अर्को दावेदार टोली स्पेनले पाराग्वेमाथि ४–० को जित दर्ता गर्यो ।

प्रतियोगितामा सहभागि कुल २४ टोलीहरुलाई दुई समूहमा विभागजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली र उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने कुल ६ टोलीहरु नकआउट चरणमा प्रवेश गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल ३ अक्टुबरका दिन हुनेछ ।

Post Comments