News
मैत्रीपुर्ण खेलमा माल्दिभ्सको रोमाञ्चक जित
काठमाडौं (एजेन्सी) । साफ च्याम्पियनसिपको तयारीका लागि कतार मै रहेको आयोजक राष्ट्र माल्दिभ्सले मैत्रीपुर्ण फुटबल म्याचमा रोमाञ्चक जित हात पारेको छ ।
मंगलबार राती भएको मैत्रीपुर्ण फुटबल म्याचमा माल्दिभ्सले कतारको दोस्रो डिभिजनको टोली अल लुसैल स्पोर्टस क्लबमाथि ४–३ को जित निकाल्यो । माल्दिभ्सको जितमा अली हैसमले दुई गोल गरे भने अली अशफाक र अली फसिरले थप एक–एक गोल गरे ।
घरमै आयोजना गर्न गईरहेको साफ च्याम्पियनसिपको तयारी लागि माल्दिभ्स कतारमा छ । अक्टुबर १ तारीखदेखि माल्दिभ्सको राजधानी माले सिटीमा शुरु हुन गईरहेको प्रतियोगितामा माल्दिभ्सले उद्घाटन खेलमै नेपालसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । माल्दिभ्स साफ च्याम्पियनसिपको साविक विजेता समेत हो ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै