News साफमा दर्शकलाई प्रवेश खुला, टिकट मुल्य पनि तोकियो
गोलनेपाल

काठमाडौं । शुक्रबारदेखि माल्दिभ्समा शुरु हुन गईरहेको प्रतिष्ठित साफ च्याम्पियनसिपमा दर्शकहरुलाई स्टेडियम प्रवेश खुला गरिएको छ । माल्दिभ्स फुटबल एसोसिएशनले यसबारे पुष्टी समेत गरेको छ ।

प्रतियोगिताको लागि टिकट बिक्री बुधबारदेखि खुला गरिएको समेत माल्दिभ्स एफएले जनाएको छ । त्यस्तै टिकट मुल्य सामान्यतर्फ ७५ र विशेषतर्फ १०० माल्दिभियन रुफिया तोकिएको छ । जसको नेपाली मुल्य क्रमशः करिब ५७५ र ७६६ रुपैयाँको हाराहारीमा हुन आउँछ ।

साथै माल्दिभ्स एफएले स्टेडियम प्रवेश गर्ने दर्शकहरुले कोभिड–१९ विरुद्धको खोपको दुवै डोज लगाएको प्रमाण पनि अनिवार्य पेश गर्नुपर्ने बताएको छ ।

अक्टुबर १६ तारीखसम्म च्ल्ने प्रतियोगितामा यसपटक दक्षिण एसियाका पाँच टोलीहरुले मात्र सहभागिता जनाउँदै छन् । प्रतियोगिताको उद्घाटन खेलमै नेपाल र आयोजक माल्दिभ्सले खेल्ने कार्यक्रम छ । त्यस्तै पहिलो दिन नै अर्को खेलमा बंगलादेश र श्रीलंका भिड्ने छन् ।

राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । आयोजक माल्दिभ्स प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।

Post Comments