News साफको उद्घाटन परिवर्तन (खेलतालिकासहित)
गोलनेपाल

काठमाडौं । शुक्रबारदेखि माल्दिभ्समा शुरु हुन गईरहेको प्रतिष्ठित साफ च्याम्पियनसिपको उद्घाटन खेलमा फेरबदल गरिएको कुरा दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले जनाएको छ ।

यसअघि उद्घाटन खेलमा नेपाल र आयोजक माल्दिभ्स भिड्ने कार्यक्रम रहे तापनि अब परिवर्तिन खेलतालिका अनुसार उद्घाटन खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन् ।

माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा हुने श्रीलंका र बंगलादेशबीको उद्घाटन खेल स्थानीय समय अनुसार ४ बजेदेखि शुरु हुनेछ । जुन नेपाली समय ४ः४५ हुनेछ ।

त्यस्तै सोही दिन हुने दोस्रो खेलमा नेपाल र माल्दिभ्स भिड्ने छन् । जुन स्थानीय समयअनुसार राती ९ बजेदेखि शुरु हुनेछ । नेपाली समयअनुसार सो खेल ९ः४५ मा शुरु हुनेछ । अन्य खेलहरुको तालिका भने कुनै फेरबदल नभएको साफले जनाएको छ ।

यसपटक प्रतियोगितामा दक्षिण एसियाका कुल ५ टोलीहरुले सहभागिता जनाउँदै छन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।

आयोजक माल्दिभ्स प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो । दक्षिण एसियामा नेपाल र भुटानले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेका छैनन् ।

हेर्नुहोस खेलतालिकाः

Post Comments