News मैत्रीपुर्ण खेलमा पुलिससँग हार्यो नेपाल यु–२३ टिम
गोलनेपाल

काठमाडौं । आगामी बर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२३ एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपाली यु–२३ टोली त्यसकै लागि बन्द प्रशिक्षणमा समेत छ ।

प्रशिक्षण कै दौरान नेपाली यु–२३ टोलीले शुक्रबार ए डिभिजन क्लब तथा विभागीय टोली नेपाल पुलिस क्लबसँग एक मेत्रीपुर्ण फुटबल म्याच समेत खेल्यो ।

दशरथ रंगशालामा भएको सो खेलमा नेपालको यु–२३ टोलीले पुलिससँग शुन्यका विरुद्ध १ गोलले पराजित हुन पुग्यो । पुलिसका लागि रवि पासवानले एक मात्र निर्णायक गोल गरे ।

यसै महिना ताजिकिस्तान जाँदै नेपाली टोली

एएफसी यु–२३ एसियन कप छनौट खेल्न नेपाली यु–२३ टोली यसै महिना ताजिकिस्तान जाँदैछ । अक्टुबर २५ देखि शुरु हुन गईरहेको छनौट प्रतियोगितातर्फ समूह बी मा परेको नेपालले बलियो इरान, आयोजक ताजिकिस्तान र लेबनानसँग खेल्ने कार्यक्रम छ ।

बालगोपाल महर्जनको मुख्य प्रशिक्षकीय जिम्मेवारीमा रहेको नेपाली यु–२३ टोलीको बन्द प्रशिक्षणमा हाल कुल ३३ खेलाडीहरु रहेका छन् । जसमध्ये ६ खेलाडीहरु हाल राष्ट्रिय फुटबल टोलीसँग साफ खेल्न माल्दिभ्समा छ ।

Post Comments