News राइजिङ क्लब, धरान पनि प्ले अफमा
उमेश पुन

पोखरा । द राईजिङ क्लब, धरान जारी नेशनल ए डिभिजन फुटसल लिगको प्ले अफमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । सोमबार भएको आफ्नो नवौं खेलमा राइजिङले दावेदार मानिएको शिर्ष स्थानको घरेलु टोली स्पोर्टस क्यासलमाथि ६–४ को जित निकाल्यो ।

जारी प्रतियोगितामा स्पोर्टस क्यासलको यो पहिलो हार समेत हो । खेलमा राइजिङ क्लबका दोर्जे तामाङ म्यान अफ द म्याच घोषित भए । यो नतिजापछि ९ खेलबाट १९ अंक जोडेको राइजिङ दोस्रो स्थानमा छ । पराजित स्पोर्टस क्यासल भने २२ अंकका साथ शिर्ष स्थानमा यथावत छ ।

त्यस्तै सोमबार नै भएको अर्को खेलमा मच्छिन्द्र स्काई गोल्सले लुम्बिनी फुटसललाई ५–४ ले हरायो । खेलमा स्काई गोल्सका सुवेत लामा म्यान अफ द म्याच घोषित भए ।

यो जितपछि ९ खेलबाट १३ अंक जोडेको स्काई गोल्स लिगतालिकाको छैठौं स्थानमा छ । यद्यपि स्काई गोल्स प्ले अफमा पुग्नबाट भने असफल भईसकेको छ । उता ९ खेलबाट ४ अंक मात्र जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको लुम्बिनी फुटसल भने रेलिगेशनमा पर्ने लगभग निश्चित भएको छ ।

Post Comments