News बिरगंजको जितमा कृपाकान्तको चार गोल
गोलनेपाल

बिजयवस्ती । बिरगंज युनाइटेड यहाँ जारी समाजसेवी स्व. राम बहादुर श्रेष्ठ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिजयवस्ती खेलमैदानमा सम्पन्न दोस्रो क्वाटरफाइनलमा बिरगंज युनाइटेडले महाविर स्र्पोटिङ क्लबलाई शुन्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

बिरगंजको जितमा कृपाकान्त चौधरी एक्लैले चार गोल गर्दै ह्याट्रिक पनि पूरा गरे । ह्याट्रिककर्ता चौधरी नै खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद २ हजार र मेडल प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत असोज २१ गते बिहीबारको तेस्रो क्वाटरफाइनल खेल सिमरा युनाइटेड र निर्मल समाज युवा क्लबबीच हुने आयोजकले जानकारी दिएको छ ।

बिजयवस्ती फुटबल क्लब, ठोरी–४ पर्साको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज २८ गतेका दिन हुनेछ ।

Post Comments