News लगातार दोस्रो बराबरीले संकटमा भारत
गोलनेपाल

काठमाडौं । सातपल्टको च्याम्पियन तथा गत संस्करणको उपविजेता भारतले माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा लगातार दोस्रो बराबरी खेलेको छ । यो बराबरी नतिजाले भारतको फाइनलमा पुग्ने सम्भावना कठिन पनि भईदिएको छ ।

प्रतियोगिता अन्तरगत सोमबार आफ्नो पहिलो खेलमा शुरुवाती अग्रता लिएर पनि दश खेलाडीमा सिमित बनेको बंगलादेशसँग १–१ को बराबरीमा रोकिन पुगेको भारतले बिहीबार दोस्रो खेलमा गोलरहित बराबी खेल्दै अंक बाँड्यो । बललाई अधिकांश समय आफ्नो नियन्त्रणमा राखेर श्रीलंकामाथि दबाब बनाएको भारतले गोल गर्न भने सकेन ।

भारतले आफ्नो बाँकी खेलमा नेपालसँग अक्टुबर १० तारीखका दिन तथा माल्दिभ्ससँग १३ अक्टुबरका दिन खेल्ने कार्यक्रम छ । बिहीबार लगातार दुई बराबरी पछि २ अंक जोडेको भारत तेस्रो स्थानमा छ ।

शिर्ष स्थानमा ६ अंकका साथ नेपाल छ भने ४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । एक अंक जोडेको श्रीलंका चौथो स्थानमा रहँदा अंकविहीन आयोजक तथा साविक विजेता माल्दिभ्स पुछारमा छ ।

प्रतियोगिता अन्तरगत माल्दिभ्सले बिहीबार नै बंगलादेशसँग खेल्दैछ । कुल ५ टोलीहरुले सहभागिता जनाईरहेको प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments