News माल्दिभ्सका लागि भेट्रान स्टार अशफाक नायक
गोलनेपाल

काठमाडौं । साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालसँग स्तब्धपुर्ण हारबाट प्रतियोगिताको सुस्त शुरुवात गरेको आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।

आइतबार माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा भएको खेलमा माल्दिभ्सले प्रतियोगिताबाट बाहिरिसकेको श्रीलंकालाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो ।

खेल शुरु भएको छैठौं मिनटमै भेट्रान स्टार अली अशफाकले गरेको एक मात्र गोल घरेलु टोलीलाई महत्वपुर्ण ३ अंक दिलाउन प्रर्याप्त बन्यो । माल्दिभ्सको यो लगातार दोस्रो जित समेत हो । यसअघि बिहीबार मात्र माल्दिभ्सले बंगलादेशलाई हराएर पहिलो जित दर्ता गरेको थियो ।

यो जितसँगै ३ खेलबाट ६ अंक जोडेको माल्दिभ्स दोस्रो स्थानमा पुगेको छ । एक खेल कम खेलेको नेपाल समान ६ अंकका साथ शिर्ष स्थानमा छ । र नेपालले आइतबार राती नै भारतको सामना गर्दैछ ।

त्यस्तै ४ अंक जोडेको बंगलादेश तेस्रो स्थानमा छ भने २ अंकका साथ भारत चौथो स्थानमा छ । त्यस्तै चार खेलबाट १ अंक मात्र जोडेको श्रीलंका पुछारमा छ र प्रतियोगिताबाट बाहिरिएको छ ।

Post Comments