News उपविजेता नेपाललाई २५ हजार अमेरिकी डलर
गोलनेपाल

काठमाडौं । ऐतिहासिक साफ च्याम्पियनसिपको फाइनलमा पुगेर पराजित हुन पुगेको नेपालले उपविजेता बनेवापत २५ हजार अमेरिकी हात पारेको छ ।

शनिबार माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा सम्पन्न खेलमा नेपालले भारतसँग ०–३ को हार बेहोर्न पुगेको थियो । त्यो हारसँगै नेपालको ऐतिहासिक फाइनल जित्ने सपना पनि तुहिएको थियो ।

उता किर्तिमानी आठौंपटक साफ च्याम्पियन बनेको भारतले उपाधिसहित नगद ५० हजार अमेरिकी डलर हात पार्यो । स्मरण रहोस, भारत गत संस्करणको उपविजेता समेत हो । गत संस्करण भने माल्दिभ्सले उपाधि जितेको थियो ।

Post Comments