News
आर्मीलाई निराश बनाउँदै एपिएफलाई उपाधि
काठमाडौं । सशस्त्र प्रहरीको एपिएफ क्लब बिहीबार सम्पन्न सातौं प्रधान सेनापति कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको विजेता बनेको छ ।
फाइनलमा एपिएफले आयोजक नेपाल आर्मी क्लबलाई २–० ले हराउँदै विजेता बनेको हो । एपिएफको जितमा रेखा पौडेल र सरु लिम्बुले गोल गरीन् ।
विजेता बनेको एपिएफले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता आर्मीले १ लाख ५० हजारमा चित्त बुझायो । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी आर्मीकी मिडफिल्डर दिपा राई घोषित भईन् । पुरस्कार वापत राईले एक थान स्कुटर प्राप्त गरीन् ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि