News
आर्मीलाई निराश बनाउँदै एपिएफलाई उपाधि
काठमाडौं । सशस्त्र प्रहरीको एपिएफ क्लब बिहीबार सम्पन्न सातौं प्रधान सेनापति कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको विजेता बनेको छ ।
फाइनलमा एपिएफले आयोजक नेपाल आर्मी क्लबलाई २–० ले हराउँदै विजेता बनेको हो । एपिएफको जितमा रेखा पौडेल र सरु लिम्बुले गोल गरीन् ।
विजेता बनेको एपिएफले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता आर्मीले १ लाख ५० हजारमा चित्त बुझायो । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी आर्मीकी मिडफिल्डर दिपा राई घोषित भईन् । पुरस्कार वापत राईले एक थान स्कुटर प्राप्त गरीन् ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै