News शनिश्चरेमा जिल्लास्तरीय फुटबल हुने
गोलनेपाल

अर्जुनधारा । शनिश्चरे फुटबल क्लबको आयोजनामा अर्जुनधारा नगरपालिकामा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका अर्जुनधारा–८ का प्रहरी सहायक निरीक्षक ध्रुवबहादुर कटुवालको स्मृतिमा फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता आगामी माघको पहिलो साता हुने क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

स्थानीय शनिश्चरे माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा आयोजक क्लबसहित आठ टोलीहरुको सहभागिता रहने क्लबका सल्लाहकार एवम् आर्थिक उपसमितिका संयोजक टेकराज तिलिङले बताए ।

प्रतियोगिताका विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार हात पार्ने तिलिङले जानकारी दिए । प्रथम पुरस्कारको प्रायोजन स्व.कटुवालको परिवारबाट प्राप्त हुने बताइएको छ ।

प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद दुई हजार र विधागत उत्कृष्ट खेलाडीहरुले जनही पाँच हजार प्राप्त गर्ने प्रतियोगिताका संयोजक सुरेन राईले बताए । अनुमानित पाँच लाख रुपैयाँ खर्च लाग्ने प्रतियोगिता सम्पन्न गर्न सम्बन्धित निकाय, विभिन्न संघ–संस्थाहरु र दाताहरुसँग समन्वय गर्ने बताइएको छ ।

Post Comments