News युएईमा संपन्न मैत्रीपुर्ण फुटबलमा पत्रकारको टोलि विजयी
गोलनेपाल

युएईमा शुक्रबार संपन्न नेपाली पत्रकार र समाजसेवीहरु बिचको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा पत्रकारहरुको टोलि विजयी भएको छ ।

स्वास्थका लागि खेलकुद भन्ने सन्देश प्रवाह गर्न आयोजित खेलमा आयोजक नेपाली समाज युएईलाई नेपाल पत्रकार महासंघ युएई शाखाको टोलिले ०-२ को गोलअन्तरले पराजित गरेको हो ।

दुबईको सफा पार्कमा संपन्न खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो । नेपाली समाजका खेलाडीहरुले गोल गर्ने केहि अवसरहरु पाए पनी त्यसलाई सदुपयोग गर्न सकेनन् । दोस्रो हाफको ११ औं र १९ औं मिनेटमा पत्रकारहरुको टोलिले दुई गोल गर्दै खेलको नतिजा आफ्नो पक्षमा पारेका थिए ।

खेल समाप्ति पछि आयोजित औपचारिक कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल , महासचिव वेदप्रकाश अर्याल , नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष लक्ष्मण खनाल लगायतले स्वास्थका लागि खेलकुदको महत्त्वबारे बोलेका थिए ।

खेलमा विजयी खेलाडीहरुलाई नेपाली समाज युएईका संस्थापक अध्यक्ष चन्द्रप्रसाद सापकोटा , अग्रज समाजसेवीहरु कृष्ण ढकाल , मोहन शर्मा , वर्तमान अध्यक्ष गोविन्द ढकाल लगायतले ट्रफी तथा मेडल प्रदान गरेका थिए ।

रामकुमार परियार , युएई ।
Post Comments