काठमाडौं । एएफसी यु–२३ एसियन कप छनौटतर्फ समूह बी का खेलहरु आजदेखि ताजिकिस्तानमा शुरु हुँदैछन् । जसमा प्रतियोगिताको उद्घाटन खेलमै नेपालले बलियो इरानसँग खेल्दैछ ।
ताजिकिस्तानी शहर दुशान्बे स्थित पामिर स्टेडियममा हुने आजको खेल नेपाली समयअनुसार बेलुका ४ः४५ बजेदेखि शुरु हुँदैछ । प्रतियोगिता अघि दुवै टोलीले राम्रो तयारी गरेको बताइसकेका छन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र कप्तान अर्पन कार्कीले इरान विरुद्धको खेल कठिन हुने भए तापनि आफूहरु सकरात्तमक नतिजाका लागि भिड्न तयार रहेको बताइसकेका छन् ।
नेपाल र इरान बीचको पछिल्लो तथ्यांक केलाउँदा उमेर समूहमा एक आपसमा नभिडे तापनि सिनियर लेभलमा यी दुई टोली चारपटक आमने सामने भएका छन् । जसमा चारैपटक इरानले नतिजा आफ्नो पक्षमा पारेको छ ।
सोमबार नै हुने समूह बी तर्फको अर्को खेलमा आयोजक ताजिकिस्तान र लेबनान पनि भिड्दै छन् । समूहको शिर्ष एक टोली आगामी बर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२३ एसियन कपका लागि सोझै छनौट हुनेछ भने उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने टोलीको पनि छनौट हुने सम्भावना कायम रहनेछ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न