News भवानीपुरको जितमा सरदारको निर्णायक गोल
गोलनेपाल

दुहबी । कठिन जित निकाल्दै भवानीपुर एकता क्लब, मोरङ यहाँ जारी प्रथम नकआउट खुला फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ युथ फर प्लानिङ एण्ड एक्शनलाई शून्यका विरुद्ध १ गोलले हराउँदै भवानीपुरले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

श्री सरस्वती उ.मा.वि. को खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलको ६२औं मिनटमा दिनेश कुमार सरदारले गरेको एक मात्र गोल भवानीपुरलाई जित दिलाउन निर्णायक बन्यो ।

निर्णायक गोलकर्ता सरदार नै म्यान अफ द म्याच घोषित भए । उनलाई दुहबी नगरपालिका वार्ड नम्बर ५ का वार्ड सदस्य कृष्ण योन्जनले नगद एक हजार र मेडलसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत कार्तिक ८ गते सोमबारको पहिलो क्वाटरफाइनल खेल आयोजक युथ ११ फुटबल क्लब, दुहबी र बसन्तपुर फुटबल क्लब, सुनसरीबीच हुने आयोजकले जनाएको छ ।

युथ–११ फुटबल क्लब, दुहबी–५ सुनसरीको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाईरहेका छन् । फाइनल खेल यहि कार्तिक २८ गतेका दिन हुनेछ ।

 

Post Comments