News यु–२३ एसियन कप छनौटः नेपाल पहिलो खेलमै निराश
गोलनेपाल

काठमाडौं । एएफसी यु–२३ एसियन कप छनौट खेल्न ताजिकिस्तानमा रहेको नेपाली यु–२३ फुटबल टोलीले हारसँगै प्रतियोगिताको शुरुवात गरेको छ ।

समूह बी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा सोमबार एसियन पावर हाउस इरानसँग ४–० को हार बेहोरेको हो । दुशान्बे स्थित पामिर स्टेडियममा सम्पन्न खेलमा नेपालले इरानलाई पहिलो हाफसम्म बराबरीमा रोके तापनि दोस्रो हाफमा चार गोल खान पुगेको थियो ।

छनौट प्रतियोगिता अन्तरगत नेपालले आफ्नो दोस्रो खेल बिहीबार (अक्टुबर २८ तारीख) का दिन आयोजक ताजिकिस्तानसँग खेल्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेल अक्टुबर ३१ तारीखका दिन लेबनानसँग खेल्ने कार्यक्रम छ ।

 

Post Comments