काठमाडौं (एजेन्सी) । एएफसी यु–२३ एसियन कप छनौटतर्फ दक्षिण एसियाका दुई टोली माल्दिभ्स र श्रीलंकाले पनि आ–आफ्नो खेलमा हारको सामना गरेका छन् ।
समूह ए मा रहेको श्रीलंकाले आफ्नो पहिलो खेलमा सिरियासँग ५–० को हार बेहोर्यो । श्रीलंकाले आफ्नो दोस्रो खेलमा अक्टुबर २८ तारीखका दिन आयोजक कतारसँग खेल्नेछ । समूह ए तर्फकै अर्को खेलमा आयोजक कतारले यमनमाथि ३–० को जित निकाल्यो ।
त्यस्तै समूह सी मा रहेको अर्को दक्षिण एसियाली राष्ट्र माल्दिभ्सले बलियो इराकसँग ४–० को हार बेहोर्यो । समूह सी मा अन्तिम समयमा आएर अफगानिस्तानले सहभागिता नजनाउने भएपछि माल्दिभ्स, इराक र आयोजक बहराईनले मात्र सहभागिता जनाउँदै छन् ।
माल्दिभ्सले आफ्नो अन्तिम खेल २८ अक्टुबरका दिन बहराईनसँग खेल्नेछ । त्यस्तै समूह सी को अन्तिम खेलमा ३१ अक्टुबरका दिन बहराईन र इराक आमने सामने हुनेछन् ।
स्मरण रहोस, समूह ई मा रहेको अर्को दक्षिण एसियाली राष्ट्र भारतले भने आइतबार सनसनीपुर्ण रुपमा ओमानमाथि २–१ को जित निकालेको थियो । सो समूहमा भारत र ओमानसँगै आयोजक युएई र किर्गिस्तान रहेका छन् ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट