काठमाडौं । कनकाई नगरपालिका र कालिका नगरपालिका यहाँ जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको समुह ए तर्फको अन्तिम खेलमा कनकाईले बागमती नगरपालिकासँग १–१ को बराबरी खेल्यो । दुवै टोलीले तीन खेलबाट ७ अंक जोडे तापनि हेड टु हेडका आधारमा कनकाई अगाडी रहँदा नकआउट चरणमा पुग्यो ।
त्यस्तै समूह बी बाट कालिका नगरपालिकाले नकआउट चरणको यात्रा तय गर्यो ।
कालिकाले समूह बी तर्फको अन्तिम खेलमा ललितपुर महानगरपालिकासँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा सहभागि कुल ३१ टोलीहरुलाई दश समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समुहको शिर्ष एक टोली नकआउट चरणमा पुग्ने छन् । त्यस्तै फाइनलमा पुग्ने दुई टोली राष्ट्रिय महिला लिगका लागि छनौट हुने छन् ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न