News कनकाई र कालिका नकआउट चरणमा
गोलनेपाल

काठमाडौं । कनकाई नगरपालिका र कालिका नगरपालिका यहाँ जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको समुह ए तर्फको अन्तिम खेलमा कनकाईले बागमती नगरपालिकासँग १–१ को बराबरी खेल्यो । दुवै टोलीले तीन खेलबाट ७ अंक जोडे तापनि हेड टु हेडका आधारमा कनकाई अगाडी रहँदा नकआउट चरणमा पुग्यो ।

त्यस्तै समूह बी बाट कालिका नगरपालिकाले नकआउट चरणको यात्रा तय गर्यो ।

कालिकाले समूह बी तर्फको अन्तिम खेलमा ललितपुर महानगरपालिकासँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा सहभागि कुल ३१ टोलीहरुलाई दश समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समुहको शिर्ष एक टोली नकआउट चरणमा पुग्ने छन् । त्यस्तै फाइनलमा पुग्ने दुई टोली राष्ट्रिय महिला लिगका लागि छनौट हुने छन् ।

Post Comments