News दशैं–तिहार कप कार्तिक १४ देखि
गोलनेपाल

रामघाट । चन्द्र सुर्य स्पोर्टस क्लब, सुर्खेतको आयोजनामा प्रथम दशैं–तिहार कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

रामघाट स्थित शिखर माविको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक धिरज शर्माले जानकारी दिए ।

प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता गर्न यहि कार्तिक १३ गतेसम्मलाई अन्तिम दर्ता मिति तोकिएको संयोजक शर्माले बताए । साथै टिम दर्ता शुल्क ७५ सय रहेको समेत उनले जानकारी दिए ।

१८ गतेसम्म चल्ने प्रतियोगितामा सहभागि टिमहरुको संख्या भने अहिले नै निश्चित भईनसकेको आयोजकले जनाएको छ ।

 

Post Comments