News
दशैं–तिहार कप कार्तिक १४ देखि
रामघाट । चन्द्र सुर्य स्पोर्टस क्लब, सुर्खेतको आयोजनामा प्रथम दशैं–तिहार कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
रामघाट स्थित शिखर माविको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक धिरज शर्माले जानकारी दिए ।
प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता गर्न यहि कार्तिक १३ गतेसम्मलाई अन्तिम दर्ता मिति तोकिएको संयोजक शर्माले बताए । साथै टिम दर्ता शुल्क ७५ सय रहेको समेत उनले जानकारी दिए ।
१८ गतेसम्म चल्ने प्रतियोगितामा सहभागि टिमहरुको संख्या भने अहिले नै निश्चित भईनसकेको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- वीरेन्द्रनगरलाई कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कपको उपाधि
- वीरेन्द्रनगर र जुम्लाबीच फाइनलमा उपाधि भीडन्त तय
- पञ्चपुरी र सिम्ताको जीतसँगै सेमीफाइनल समीकरण पूरा
- कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप : वीरेन्द्रनगर र जुम्ला सेमिफाइनलमा