News हिरा डाँगी स्मृति कपमा युएनबीसीको शानदार शुरुवात
गोलनेपाल

तुलसीपुर । एन्जस रोका एक्लैले पाँच गोल गरेपछि घरेलु टोली युएनबिसी एफएले यहाँ शुरु प्रथम हिरा डाँगी स्मृति कप नकआउट फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

तुलसीपुर दाङ स्थित अरनिको खेलमैदानमा भएको उद्घाटन खेलमा युएनबिसीले युनाइटेड युथलाई ५–० ले हराउँदै विजयी शुरुवात गरेको हो । प्रतियोगिताको पहिलो ह्याट्रिक समेत गरेका एन्जस रोका म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तरगत कार्तिक ११ गते बिहीबारको खेल सक्सेस एफसी र शान्तीनगर एफसीबीच हुने प्रतियोगिता संयोजक बम डाँगीले जानकारी दिए । त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका दाङ जिल्लाका सिडिओ राम बहादुर कुरुमबाङले गरेका थिए ।

जिल्ला कै पूर्व खेलाडी हिरा डाँगीको स्मृतिमा स्थापित हिरा डाँगी फाउण्डेशनको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि कार्तिक १६ गतेका दिन हुनेछ ।

 

Post Comments