News फुटबलमा एक्सेल्सियर डबल च्याम्पियन
गोलनेपाल

काठमाडौं (खेलदैनिक) । आयोजक द एक्सेल्सियर स्कुलले आठौं एक्सेल्सियर कपअन्तर्गत फुटबलमा शुक्रबार दोहोरो उपाधि जितेको छ । एक्सेल्सियर ब्वाइज र गल्र्सको यु–१६ उमेरसमूहमा पहिलो भयो । यु–१२ ब्वाइजमा फाइनल पुगे पनि एक्सेल्सियर चुक्यो ।

स्वयम्भूस्थित घरेलु मैदानमा भएको यु–१६ ब्वाइज फाइनलमा एक्सेल्सियरले महामञ्जुश्रीलाई १–० गोलले पराजित गर्यो । धीरज जोशीले निर्णायक गोल गरे । यु–१६ गल्र्सको उपाधि भिडन्तमा एक्सेल्सियरले ग्यालेक्सीलाई १–० गोलले नै हरायो । एफ्रोजा श्रेष्ठले गोल गरिन् । यु–१२ ब्वाइज फाइनलमा किड्स लर्निङले एक्सेल्सियरलाई ५–० गोलअन्तरले पाखा लगायो । किड्स लर्निङका कुलदेव तितुङले ह्याट्रिक तथा युकेश नेगीले २ गोल गरे ।

यु–१२ ब्वाइजमा जोएल लामा, यु–१६ गल्र्समा श्रीदिना अधिकारी र यु–१६ ब्वाइजमा धीरज जोशी उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्टत्रय एक्सेल्सियरका हुन् । यु–१२ ब्वाइजमा किड्स लर्निङका संकल्प विष्ट, यु–१६ गल्र्समा एक्सेल्सियरकी दिपिना लामा र यु–१६ ब्वाइजमा एक्सेल्सियरकै दिपायन पोखरेल उत्कृष्ट गोलरक्षक चुनिए ।

यु–१२ ब्वाइजमा १६, यु–१६ ब्वाइजमा १२ र यु–१६ गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गल्र्स फुटबल पहिलो पटक समावेश गरिएको हो ।

Post Comments