News जनताको जितमा कोइरालाको दुई गोल
गोलनेपाल

दुहबी । जनता भेटान क्लब, इटहरी यहाँ जारी प्रथम दुहबी भेट्रान कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलमा बिराट बुद्ध भेट्रान, बिराटनगरलाई शून्यका विरुद्ध २ गोलले हराउँदै जनता अन्तिम चारमा प्रवेश गरेको हो । दुहबी–५ स्थित श्री सरस्वती उमाविको खेलमैदानमा सम्पन्न खेलमा जनताका लागि दुवै गोल प्रलाद कोइरालाले खेलको १६ र ६२औं मिनटमा गरे ।

जनताको जितमा निर्णायक दुई गोल गरेका कोइराला नै म्यान अफ द म्याच समेत चुनिए । उनलाई दुहबी नगरपालिका वार्ड नम्बर २ का अध्यक्ष अरबिन्द विश्वासले नगदसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत कार्तिक २९ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल हाम्रो धरान भेट्रान क्लब र युनाइटेड भेट्रान क्लब बीच हुने आयोजकले जानकारी दियो ।

दुहबी भेट्रान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल मंसिर ४ गतेका दिन हुनेछ ।

 

Post Comments