News चितवनलाई हराउँदै पाल्पा क्वाटरफाइनलमा
गोलनेपाल

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा जारी सातौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगितातर्फ पाल्पा–११ ले संघर्षपुर्ण जित हात पारेको छ ।

शुद्धोदन–४ स्थित फर्साटिकर उच्च माविको खेलमैदानमा भएको खेलमा पाल्पाले सौराहा युवा समाज नेपाल, चितवनलाई टाइब्रेकरमा ५–४ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा पाल्पाका गोलरक्षक सुभाष बल म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार प्राप्त गरे । साथै यो जितसँगै पाल्पा क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत पौष १३ गते आइतबारको खेल स्कलर्स होम एकेडेमी, शंकगरनर र आयोजक फर्साटिकर युवा क्लब (रातो) बीच हुने खेल संयोजक भेषराज पौडेलले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन–४ फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए ।

Post Comments