News फुटबलका बिकेश सँगै अन्य खेलाडीहरु सम्मानित
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका गोलरक्षक तथा १३औं दक्षिण एसयाली खेलकुद (साग) को स्वर्णधारी बिकेश कुथु, अनु अधिकारी र विप्लवलाल श्रेष्ठ शनिबार सम्मानित भएका छन् ।

काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डरगार्डेनले आफ्नो सातौ खेलकुद दिवसको अवसर पारेका सागमा स्वर्ण जित्न सफल खेलाडीहरुलाई सम्मानित गरेको हो । यस्तै करोतका प्रशिक्षक दीपक श्रेष्ठ, कुशल श्रेष्ठ र तारा गुरुङलाई पनि सम्मान गरिएको छ ।

बिकेशलाई दोसल्ला र सम्मानपत्र र मायाको चिनोले तथा अन्य खेलाडी तथा प्रशिक्षकलाई दोसल्ला र मायाको चिनोले सम्मानित गरेको हो ।

बिकेशको सम्मानपत्रमा १२औं र १३औं सागमा स्वर्णपदक विजेता, बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटी कप च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको र नेपाली फुटबललाई नयाँ उचाईमा पुर्याउन योगदान गरिएको उल्लेख गर्दै आगमी दिनमा पनि थप सफलताको कामना गरेको छ ।

उनीहरुलाई किन्ड गार्डेनका प्रिन्सिपल कुमुद भट्ट, निर्देशक इन्दिरा चौलागाई र अध्यक्ष चण्डिका प्रसाद भट्टले सम्मानित गरे । सातौ खेलकुद दिवसमा विभिन्न ३० इभेन्ट्समा १ सय ७५ विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

Post Comments