News रुम्जाटारमा सेभेन ए साईड फुटबल हुने
गोलनेपाल

रुम्जाटार । रुम्जाटार युनाइटेड, सिद्धिचरण नगरपालिका–४ रुम्जाटारको आयोजनामा यहि मंसिर १६ गतेदेखि सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

रुम्जाटार फुटबल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । साथै प्रतियोगितामा सहभागिता जनाउने इच्छुक टोलीहरुका लागि यहि मंसिर १५ गतेसम्म टिम दर्ता खुला गरिएको पनि आयोजकले जानकारी दियो ।

टिम दर्ता शुल्क ५ हजार तोकिएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि २० हजार हात पार्ने आयोजकले जनाएको छ ।

Post Comments