साउदी अरब भेट्रान फुटबल क्लबले आयोजना गर्ने तेस्रो साउदी अरब गोल्डकपलाई एनी ब्राण्डले सहयोग गर्ने भएको छ ।
तेस्रो गोल्ड कप मंसिर १८ गतेदेखि सुरु हुँदैछ । खेलकुद सामग्री उत्पादन गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत खेलकुद क्षेत्रमा सहयोग गरिरहेको एनी ब्राण्डले ६० हजार बराबरको खेलकुद सामग्री सहयोग गर्ने आज चारपानेमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
क्लवका अध्यक्ष जयबहादुर राईका अनुसार एनी ब्राण्डले आयोजकका लागि ट्र्याक सुट, जर्सीलगायतको सामग्री उपलब्ध गराउने छ । कार्यक्रममा एनी ब्राण्डका सञ्चालक सन्तोष थोप्रा (लिम्बू)ले क्लबसँग जोडिन र सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे ।
कार्यक्रममा खेलप्रेमी देवी काफ्लेले स्वागत गरेका थिए भने स्थानीय किरण पौडेलले आफ्ना भनाइ राख्दै प्रतियोगिता आयोजना गरिएपछि खेलकुदको चलायमान हुने विश्वास व्यक्त गरे । कार्यक्रमको सञ्चालन गोविन गिरीले गरेका थिए ।
बिर्तामोड २ स्थित बेलडाँगीको वीर अमरसिंह माविको खेल मैदानमा हुने प्रतियोगितामा ८ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार १११ र दोस्रो हुनेले ५१ हजार १११ रुपैयाँसहित प्रमाणपत्र तथा ट्रफी पाउने छन् । प्रतियोगिताका सम्पन्न गर्न १० लाख रुपैयाँ अुनमानित खर्च हुने आयोजकले जनाएको छ ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक