News संकटाको रोमाञ्चक जित
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले फ्रेण्डस क्लबमाथि रोमाञ्चक जित हात पारेको छ । पहिलो चरणमा हिमालयन शेर्पा क्लबसँग बराबरी खेलेको संकटाले शुक्रबार फ्रेण्डसमाथि भने २–१ को जित दर्ता गर्न सफल भयो ।

दशरथ रंगशालामा भएको दोस्रो खेलमा अग्रता भने फ्रेण्डसले लिएको थियो । ४२औं मिनटमा कप्तान प्रकाश बुढाथोकीको उत्कृष्ट गोलबाट फ्रेण्डसले अग्रता लिए पनि त्यसलाई दोस्रो हाफमा कायम राख्न सकेन ।

५७औं मिनटमा निरज बस्नेतले संकटाका लागि बराबरी गोल फर्काए भने ८७औं मिनटमा फोडे फोफोनाले निर्णायक दोस्रो गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए ।

खेलमा संकटाका निरज बस्नेत म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे । त्यस्तै जित दिर्ता गरेको संकटाले ५० हजार म्याच मनी पनि प्राप्त गर्यो ।

यो जितसँगै २ खेलबाट ४ अंक जोडेको संकटा दोस्रो स्थानमा पुगेको छ । उता पराजित फ्रेण्डस भने १ अंकका साथ दशौं स्थानमा छ ।

 

 

Post Comments