News जकार्ताको जितमा रोहितको निर्णायक गोल (भिडियोसहित)
गोलनेपाल

काठमाडौं । इण्डोनेसियाको शिर्ष लिगमा व्यवसायीक फुटबल खेलिरहेका नेपालका स्टार रोहित चन्दले आफ्नो टोली पर्सिजा जकार्तालाई महत्वपूर्ण तीन अंक दिलाएका छन् ।

पछिल्ला दुई खेलहरुमा लगातार हार बेहोरेको जकार्ताले शुक्रबार टिरा पर्सिकाबोलाई १–० ले हराउँदै महत्वपूर्ण तीन अंक बटुल्यो । जकार्ताको जितमा रोहितले दोस्रो हाफको ५०औं मिनटमा गरेको एक मात्र गोल निर्णायक गोल बन्यो ।

यो जितसँगै जकार्ता १५ खेलबाट २१ अंकका साथ लिगतालिकाको नवौं स्थानमा छ । र लिगलिडर भयङगारा भन्दा अझै १२ अंकले पछाडी छ । उता जकार्तासँग पराजित पर्सिकाबो भने १५ अंकका साथ १३औं स्थानमा छ ।

लिग अन्तरगत जकार्ताले आफ्नो आगामी खेल मंगलबार दशौं स्थानको टोली पिएसएमसँग खेल्नेछ ।

Post Comments