न्युज पिप्ले क्याम्पा रड्डशालालाई सहयोग
गोलनेपाल

हेटौडा । हेटौंडा ५ क्यापा चौरमा जारी सातौँ हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगितामा सहभागिता जनाउन आएको क्लबले पिप्ले क्याम्पा रड्डशाला निर्माणको लागि आर्थिक सहयोग गरेको छ ।

काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष समेत रहेका सानो गौचरण नाइट किङका खेलाडी विराटजंग शाहीले नगद १५ हजार रुपैयाँ र एवीसी पोखरा भेट्रान्सका अध्यक्ष राजेश गुरुङले नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

शाही र गुरुङ दुवैले एक कार्यक्रमका बीच पिप्ले युवा क्लबका अध्यक्ष सुशिल घिमिरेलाई रंगशाला निर्माणको लागि प्रोत्साहन स्वरुप नगद सहयोग हस्तान्तरण गरेका थिए ।

Post Comments