पाँचथर । झापाको अल इन वान सैनिक तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम नगरपालिका ७ रानीटारस्थित बराजु खेल मैदानमा मंगलबारदेखि सुरु फुटबल प्रतियोगितामा झापाले पुजन राईको ह्याट्रिकसँगै ७-३ गोलअन्तरमा विजयी बनेको हो ।
झापाका लागि राईले खेलको २०, ५६ र ६२औँ मिनेटमा गोल गरे । यस्तै, दिपेश श्रेष्ठले खेलको ४३ र ४७, आशिष गुरुङले १४ र विशाल राईले ५४औँ मिनेटमा थप गोल गरेर टिमलाई फराकिलो जित दिलाए ।
उता आयोजक स्वतन्त्र एफसीका लागि कप्तान अर्जुन गुरुङले खेलको ६८ र ७१ तथा किस्मत लिम्बूले १७औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच झापाका पुजन राई घोषित भए ।
प्रतियोगिता अन्तरगत बुधबार दुई खेलहरु हुनेछन् । भारत सिक्किमको एक टिमसहित प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ । पुस ३ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र उपविजेता ८० हजारसहित ट्रफी पाउनेछ ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश