News रुपन्देही जिल्ला लिगमा झरनाको गोलको वर्षा
सुरज राना मगर

बुटवल । रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगितामा साविक विजेता झरना स्पोर्टस क्लबले बुधबार फराकिलो जित हात पारेको छ । बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा झरनाले लिस्नु युवा क्लबमाथि ९–१ को फराकिलो जित दर्ता गरेको हो ।

झरनाको जितमा म्यान अफ द म्याच समेत घोषित शरद क्षेत्रीले ४ गोल गरे । त्यस्तै रोहित सुनाले पनि तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । थप दुई गोल भने निखिल थापा मगर र आयुष गुरुङले गरे ।

उता पराजित लिस्नुका लागि भने बुद्धि पुनले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा लिस्नुका डिफेन्डर धनु मगरले रातो कार्ड खाँदै मैदान छाड्दा टोली दश खेलाडीमा खुम्चिएको थियो । र थप दबाब झेल्न बाध्य बनेको थियो ।

त्यस्तै बुधबार नै हुने भनिएको चाँदनी युवा क्लब र गोर्खा ब्वाईज स्पोर्टस क्लबबीचको खेलमा चाँदनी युवा क्लब मैदानमा उपस्थित नभएपछि गोर्खा ब्वाईजलाई ३–० ले विजयी घोषित गरिएको थियो ।

बुधबारको नतिजापछि ५ खेलबाट १३ अंक जोडेको गोर्खा ब्वाईज शिर्ष स्थानमा छ । झरना स्पोर्टस भने ६ अंकका साथ छैठौं स्थानमा छ । त्यस्तै लिस्नु ५ अंकका साथ आठौं स्थानमा रहँदा चाँदनी अंकविहीन रुपमा पुछारमा छ ।

Post Comments