News शानदार जितका साथ वार्ड नम्बर १ (ख) फाइनलमा
गोलनेपाल

औराबनी । सहज र शानदार जितका साथ वार्ड नम्बर १ (ख) यहाँ जारी तेस्रो अध्यक्ष कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार गढी खेलमैदानमा भएको दोस्रो सेमिफाइनलमा वार्ड नम्बर १ (ख) ले वार्ड नम्बर ३ लाई शून्यका विरुद्ध ४ गोलले हराउँदै उपाधि नजिक पुगेका हो ।

वार्ड नम्बर १ (ख) का लागि खेलको नवौं मिनटमा अनिष चौधरीले पहिलो गोल गरे । २०औं मिनटमा विवेश चौधरीले त्यो अग्रता दोब्बर पारे भने ५२औं मिनटमा सुमन चौधरीले तेस्रो गोल थपेका थिए । त्यस्तै ६३औं मिनटमा नितेश चौधरीले चौथो गोल गर्दै वार्ड नम्बर १ (ख) को सहज जित सुनिश्चित गरेका थिए ।

खेलमा वार्ड नम्बर १ (ख) का सुमन चौधरी म्यान अफ द म्याच घोषित भए । उनलाई खेलका प्रमुख अतिथी अरुण चौधरीले नगद १ हजारसहित पुरस्कृत गरे ।

वार्ड नम्बर १ (ख) ले अब फाइनलमा पौष ३ गते शनिबारका दिन वार्ड नम्बर ६ को सामना गर्नेछ । गढी गाउँपालिका, औराबनी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ७१ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ ।

Post Comments