News दर्जन गोल गर्दै बंगलादेश फाइनलमा
गोलनेपाल

काठमाडौं । आफ्ना लागि औपचारिक खेलकै रुपमा रहेको लिग चरणको अन्तिम खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन बंगलादेशले गोलको बर्षा गर्दै समूह विजेताका रुपमा साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो खेलमा बंगलादेशले प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको कमजोर श्रीलंकामाथि १२–० को फराकिलो जित निकाल्यो । र समूह विजेता बन्दै फाइनल प्रवेश गर्यो । यो नतिजासँगै नेपालको फाइनल पुग्ने झिनो सम्भावना पनि समाप्त भएको छ ।

आइतबार लिग चरणको खेलहरु सम्पन्न हुँदा ४ खेलबाट १० अंक जोडेको बंगलादेश शिर्ष स्थानमा रह्यो । आइतबार नै नेपाललाई ०–१ ले हराएको भारतले ९ अंकका साथ दोस्रो स्थानमा रहेर समूह उपविजेता बन्यो । ७ अंक जोडेको नेपाल, ३ अंक जोडेको भुटान र अंकविहीन श्रीलंका प्रतियोगिताबाट बाहिरियो ।

फाइनल खेल यहि डिसेम्बर २२ तारीखका दिन हुनेछ । जहाँ उपाधिका लागि आयोजक बंगलादेश र भारत भिड्ने छन् । स्मरणीय छ, लिग चरणमा यी दुई टोलीबीच भएको खेलमा बंगलादेशले भारतलाई शुन्यका विरुद्ध १ गोलले हराएको थियो । लिग चरणमा अपराजित रहने बंगलादेश एक्लो टोली समेत हो ।

Post Comments