News प्रतिष्ठित प्रेसिडेन्ट कपमा माजियाको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । माल्दिभ्सको सबैभन्दा पूरानो र प्रतिष्ठित फुटबल प्रतियोगिताका रुपमा रहेको प्रेसिडेन्ट कपमा किरन चेम्जोङको टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनले विजयी शुरुवात गरेको छ ।

सोमबार भएको आफ्नो पहिलो खेलमा माजियाले सुपर युनाइटेड स्पोर्टसलाई शून्यका विरुद्ध २ गोलले हरायो । माजियाको जितमा समूह अली र अक्रम अब्दुल घानीले गोल गरे ।

सन् १९४६ देखि माल्दिभ्समा आयोजना हुँदै आएको प्रेसिडेन्ट कपलाई नेशनल च्याम्पियनसिपका रुपमा समेत चिनिने गरिन्छ् । प्रतियोगितामा धिवेही प्रिमियर लिग खेल्ने शिर्ष चार टोलीहरुले सहभागिता जनाउने गर्छन् ।

माल्दिभ्समा फुटबलको शुरुवात यहि प्रतियोगिताबाट भएको माल्दिभ्सका सञ्चारमाध्यमहरु बताउँछन् । स्मरण रहोस, माजियाले यो प्रतिष्ठित प्रतियोगिताको उपाधि सन् २०१५ मा एकपटक मात्र जितेको छ ।

Post Comments