
बिर्तामोड । यहाँ जारी तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा श्री सिंह सिद्धदेवी ङोलो क्लब, पाँचथर र धरान महिला फुटबल क्लब, सुनसरी भिड्ने भएका छन् ।
मंगलबार डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो सेमिफाइनलमा श्री सिंह सिद्धदेवीले पथरी शनिश्चरे महिला फुटबल क्लब, मोरङलाई शून्यका विरुद्ध २ गोलले हराउँदै फाइनलमा धराने टोलीसँगको भेट पक्का गरेको हो ।
श्री सिंह सिद्धदेवीको जितमा खेलको दोस्रो हाफतर्फ ३६औं मिनटमा प्रिया कार्कीले पेनाल्टीबाट पहिलो गोल गरिन् भने ४२औं मिनटमा मनिता लिम्बुले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरिन् । खेलमा विजयी टोली कै अनिता लिम्बु प्लेयर अफ द म्याच घोषित भईन ।
श्री सिंह सिद्धदेवीले अब उपाधिका लागि धरानसँगै पौष १५ गते बिहीबारका दिन फाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्नेछ ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)