News विश्वासको गोलले शेर्पालाई तीन अंक
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगयमा हिमालयन शेर्पा क्लबले सिजनको तेस्रो जित हात पारेको छ । सातौं चरणको अन्तिम खेलमा शेर्पाले सातदोबाटो युथ क्लबमाथि १–० को झिनो अन्तरको जित निकाल्यो ।

दशरथ रंगशालामा भएको खेलको ४४औं मिनटमा कप्तान विश्वास श्रेष्ठले पेनाल्टीबाट गरेको एक मात्र गोल शेर्पालाई महत्वपुर्ण तीन अंक दिलाउन निर्णायक बन्यो ।

खेलको अन्तिमतिर इन्जुरी समयमा सातदोबाटोले बराबरी गर्ने सुनौलो अवसर गुमायो । शेर्पाका जिवन गुरुङले विपक्षी खेलाडीलाई बक्स भित्र फल गर्दा सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो ।

तर इन्जुरी समयको ९०+८औं मिनटमा सातदोबाटोका मार्टिनले गरेको त्यो पेनाल्टी प्रहार शेर्पाका गोलरक्षक दिप कार्कीले सही अनुमान लगाउँदै जोगाएका थिए ।

यो नतिजापछि ७ खेलबाट ११ अंक जोडेको शेर्पा लिगतालिकाको पाँचौं स्थानमा उक्लेको छ । उता पराजित सातदोबाटो भने ८ अंकका साथ आठौं स्थानमा पुगेको छ ।

Post Comments