News साफ महिला च्याम्पियनसिप फेरि नेपाल मै गर्ने प्रस्ताव
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित साफ महिला च्याम्पियनसिप फेरि नेपाल मै आयोजना गर्ने प्रस्ताव गरिएको छ । दक्षिण एसियाली फुटबल फेडरेशन (साफ) को शुक्रबार बसेको भर्चुअल विशेष बैठकले सो प्रस्ताव गरेको हो ।

साफ अध्यक्ष काजी मोहम्मद सलाहुद्दिनको अध्यक्षतामा बसेको बैठकले अगस्त १२ देखि २४ तारीखसम्म साफ महिला च्याम्पियनसिप नेपाल मै गर्ने प्रस्ताव गरेको हो ।

स्मरण रहोस, दुई बर्ष साफ महिला च्याम्पियनसिपको पाँचौं संस्करण नेपाल कै व्यापारिक शहर बिराटनगरमा भएको थियो । त्यतिबेला फाइनलमा पुगेको नेपाल परस्पर प्रतिद्वन्द्वी भारतसँग १–३ ले पराजित हुँदै उपविजेता मै सिमित बनेको थियो ।

त्यस्तै शुक्रबार बसेको साफको बैठकले साफ क्यालेण्डर अन्तरगत हुने केही मूख्य प्रतियोगिताहरुको मिति पनि परिमार्जन गरेको छ । जसअन्तरगत साफ यु–१८ महिला च्याम्पियनसिप मार्च १५ देखि २६ तारीखसम्म भारतले आयोजना गर्नेछ ।

त्यस्तै साफ यु–२० च्याम्पियनसिप पनि जुलाई २५ देखि अगस्त ५ तारीखसम्म भारत मै हुनेछ । त्यसैगरी साफ यु–१७ च्याम्पियनसिप भने सेप्टेम्बर ५ देखि १६ तारीखसम्म श्रीलंका आयोजना हुने साफको बैठकले निर्णय गरेको छ ।

 

Post Comments