News हारेर पनि माजिया प्रेसिडेन्ट कपको फाइनलमा
गोलनेपाल

काठमाडौं । नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङको टोली माजिया स्पोर्टस एण्ड रिक्रियशन माल्दिभ्सको प्रतिष्ठित प्रेसिडेन्ट कपको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको लिगचरणको अन्तिम खेलमा माजियाले क्लब भ्यालेन्सियासँग १–० को झिनो अन्तरको हार बेहोर्यो । खेलको ३०औं मिनटमा अली फसिरले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

यो नतिजापछि ७ खेलबाट ६ जित र १ बराबरीका साथ १९ अंक जोडेको क्लब भ्यालेन्सिया शिर्ष स्थानमा रहेर फाइनलमा प्रवेश गर्यो । त्यस्तै ७ खेलबाट ५ जित र २ मा हार बेहोरेको माजिया कुल १५ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनलमा प्रवेश गर्न सफल भयो ।

फाइनल खेल २३ जनवरी आइतबारका दिन माजिया र क्लब भ्यालेन्सियाबीच नै हुनेछ । स्मरण रहोस, माजियाले सन् २०१५ मा एकपटक मात्र प्रतिष्ठित प्रेसिडेन्ट कपको उपाधि जितेको छ ।

Post Comments