News एएफसी महिला एसियन कप शुरु, चीनको विजयी शुरुवात, आयोजक भारत रोकियो
गोलनेपाल

काठमाडौं । छिमेकी राष्ट्र भारतमा बिहीबारदेखि शुरु प्रतिष्ठित एएफसी महिला एसियन कप फुटबल प्रतियोगितामा चीनले विजयी शुरुवात गर्दा आयोजक भारत भने बराबरीमा रोकिएको छ ।

समूह ए तर्फ मुम्बई फुटबल एरिनामा भएको उद्घाटन खेलमा चीनले चाईनिज ताइपेई विरुद्ध ४–० को शानदार जित निकाल्दै विजयी शुरुवात गरेको हो । त्यस्तै सोही समूहमा रहेको आयोजक भारतले भने पहिलोपटक एसियन कप खेलिरहेको इरानसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो ।

प्रतियोगितामा सहभागि कुल १२ टोलीहरुलाई तीन समूहमा विभाजन गरिएको छ । फाइनल खेल आगामी ६ फेब्रुअरीका दिन हुनेछ । जापान प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।

Post Comments