बसन्तपुर । प्रतिस्पर्धात्मक खेलमा साँघुरो जितका साथ साविक विजेता काठमाडौं–११ यहाँ जारी तेस्रो माडी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बसन्तपुर बजार स्थित स्थानीय खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा काठमाडौंले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो ।
दोस्रो हाफको ५१औं मिनटमा मोइसेले गरेको एक मात्र गोल काठमाडौंलाई उपाधि नजिक पुर्याउन निर्णायक बन्यो । खेलमा काठमाडौंका राजिव लोप्चन म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।
काठमाडौंले अब फाइनलमा माघ ८ गते शनिबारका दिन केबिए ग्लोबल भरतपुर एफसीसँग उपाधिका लागि भिड्ने छ । बसन्तपुर युनाइटेड क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख २५ हजार प्राप्त गर्नेछ ।
- तेस्रो पिएफसि इमर्जिङ्ग कपको तयारी पूरा (खेलतालिकासहित)
- तेस्रो बखन सिंह गुरुङ स्मृति कप माघ २२ देखि चितवनमा: गोलनेपालमा प्रत्यक्ष प्रसारण
- गोल्डेन इमिनेन्ट २६औं माडी गोल्ड्कपको खेलतालीका सार्वजनिक
- मिन्नानो तेस्रो वुद्ध एफसी सेभेन ए साईड फुटबल पुष १२ देखि
- गोल्डन एमिनेन्ट माडी गोल्डकप माघ पहिलो सातादेखि