News रोमाञ्चक जितका साथ छैठौं स्थानमा रोहितको टोली जकार्ता
गोलनेपाल

काठमाडौं । इण्डोनेसियामा व्यवसायीक फुटबल खेलिरहेका नेपालका स्टार मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ताले लिगा इण्डोनेसियामा रोमाञ्चक जित निकाल्दै लिगतालिकाको छैठौं स्थानमा उक्लेको छ ।

जकार्ताले यस सिजनको आफ्नो २१औं खेलमा पर्सिता माथि २–१ को जित निकाल्दै छैठौं स्थानमा उक्लिन सफल भएको हो । खेलमा अग्रता पनि जकार्ताले नै बनाएको थियो ।

खेलको ३२औं मिनटमा रियो फमीको गोलबाट जकार्ताले खेलमा अग्रता बनाएको थियो । तर लगतै ४०औं मिनटमा पर्सिताका लागि टायलन कोरेले बराबरी गोल फर्काउन सफल भएका थिए ।

यद्यपि दोस्रो हाफको ६९औं मिनटमा तौफिक हिदायतले जकार्ताका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक र महत्वपूर्ण जित दिलाए । खेलमा रोहितले टोलीका लागि पूरै समय खेलेर जकार्ताको जितमा अहम भूमिका पनि खेले ।

यो नतिजापछि २१ खेलबाट ३२ अंक जोडेको जकार्ता छैठौं स्थानमा पुग्दा पराजित पर्सिता भने २५ अंकका साथ दशौं स्थानमा छ । त्यस्तै शिर्ष स्थानमा भने ४३ अंकका साथ एक खेल कम खेलेको भयङकारा रहेको छ ।

Post Comments