News नेपालको जितमा बिमल चम्किए !
गोलनेपाल

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम जित निकालेको छ ।

अफ्रिकी राष्ट्र मरिसस विरुद्ध आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले १-० ले जित निकालेको हो । आज भएको खेलमा विमल घर्ती मगरको गोल निर्णयक बन्न पुग्यो ।

खेलको ५५ औं मिनेटमा विमलको गोलले नेपाललाई जित दिलाएको थियो ।

विमलले अन्जन विष्टको लामो पासलाई सदुपयोग गर्दै बललाई झाली चुमाएका थिए । बिमलनै खेलको म्यान अफ द म्याच घोसित हुँदै रु ७५,००० पाउन सफल भए।

नेपालले मारिससविरुद्र दोस्रो मैत्रीपूर्ण खेल मंगलबार खेल्दै छ । अफ्रिकी राष्ट्रसँग नेपालले पहिलोपटक आधिकारिक रुपमा घरेलु मैदानमा खेलेको हो ।

Post Comments