News वार्ड नम्बर ३ क्वाटरफाइनलमा
गोलनेपाल

दुहबी । रोमाञ्चक जित निकाल्दै वार्ड नम्बर ३ यहाँ जारी चौथो मेयर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको प्रिक्वाटरफाइनलतर्फ वार्ड नम्बर ३ ले वार्ड नम्बर ११ लाई २–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

श्री सरस्वती माविको खेलमैदानमा भएको खेलमा वार्ड नम्बर ३ का लागि सुरज सरदार र लोकेश सिवाकोटीले गोल गरेका थिए । उता पराजित वार्ड नम्बर ११ का लागि अरबिन्द उराउले एक मात्र गोल फर्काएका थिए ।

खेलमा वार्ड नम्बर ३ का सुरज सरदार म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र मेडल हात पारे । प्रतियोगिता अन्तरगत फागुन १३ गते शुक्रबारको खेल वार्ड नम्बर २ र १२ बीच हुने आयोजकले जनाएको छ ।

दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, सुनसरीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०,११११ हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि फागुन २२ गतेका दिन हुनेछ ।

Post Comments