News सडन डेथमा वार्ड नम्बर ५ को जित
गोलनेपाल

दुहबी । सडन डेथमा जित निकाल्दै वार्ड नम्बर ५ यहाँ जारी चौथो मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा वार्ड नम्बर ५ ले वार्ड नम्बर ९ लाई सडन डेथमा ४–३ ले हराउँदै क्वाटरफाइनलमा प्रवेह गरेको हो ।

त्यसअघि दुहबी स्थित श्री सरस्वती माविको खेलमैदानमा भएको निर्धारित समयको कडा प्रतिस्पर्धात्मक खेलतर्फ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा पनि दुवै तर्फबाट कुनै नतिजा ननिस्किएपछि खेलको निर्णय सडन डेथमा पुगेको थियो ।

खेलमा वार्ड नम्बर ५ का अनिश दाहाल म्यान अफ द म्याच घोषित भए । उनलाई प्रमुख अतिथी मेहदी हुसेनले नगद २ हजार र मेडलसहित पुरस्कृत गरे । प्रतियोगिता अन्तरगत फागुन १५ गते आइतबारको पहिलो क्वाटरफाइनल खेल वार्ड नम्बर ४ र १ बीच हुने आयोजकले जनाएको छ ।

दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबी सुनसरीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०११११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि फागुन २२ गतेका दिन हुनेछ ।

 

Post Comments