News गोल नेपालले पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने
गोलनेपाल

बिबा मिडियाले पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको स्ट्रिमिङ अधिकार प्राप्त गरेको छ । बिबा मिडिया गोल नेपाल डटकमखेल दैनिक डटकम अनलाइन पोर्टलको मातृ संस्था हो ।

गोल्डकपको प्रत्यक्ष प्रशारण गर्ने सम्बन्धमा बिबा मिडियाका प्रमुख कार्यकारी अधिकृत विक्रम थापा र झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेलले मंगलबार झापाको बिर्तामोडमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतियोगिता फागुन २१ गतेदेखि डोमालाल राजवंशी रंगशालामा सुरु हुँदैछ । उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब भिड्दैछन् ।

गोल्डकपको विजेता टोलीले १२ लाख ५५ हजार नगद र उपविजेताले ६ लाख ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबका साथै नेपालसहित अन्य राष्ट्रका १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौं बाहिर सबैभन्दा बढी फुटबल गतिविधि हुने जिल्ला भएकाले झापा जिल्लालाई फुटबल हबका रूपमा सुदृढ बनाउने लक्ष्यका साथ झापा गोल्डकप आयोजना गर्न लागिएको हो ।

Post Comments