News सहज जितका साथ वार्ड नम्बर ७ सेमिफाइनलमा
गोलनेपाल

दुहबी । उत्कृष्ट र सहज जित निकाल्दै वार्ड नम्बर ७ यहाँ जारी चौथो मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो क्वाटरफाइनलमा वार्ड नम्बर ३ ले वार्ड नम्बर १२ लाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

दुहबी स्थित श्री सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलमा वार्ड नम्बर ७ का लागि दिलिप चौधरीले दुई गोल गरे भने सेवन रिसिदेवले थप एक गोल गरेका थिए । खेलमा दुई गोलकर्ता चौधरी म्यान अफ द म्याच समेत घोषित भए । उनलाई विशेष अतिथी बिजय चौधरीले नगद २ हजार र मेडेलसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत फागुन १८ गते बुधबारको अन्तिम क्वाटरफाइनल खेल वार्ड नम्बर ५ र १० बीच हुने आयोजकले जनाएको छ ।

दुहबी नगरपालिका, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि फागुन २२ गतेका दिन हुनेछ ।

Post Comments