News
झापा एफसीको जर्सी सार्वजनिक

काठमाडौं । अर्को महिना शुरु हुन गईरहेको प्रतिष्ठित नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको नव आगन्तुक टोली झापा एफसीले आफ्नो क्लब जर्सी सार्वजनिक गरेको छ ।
क्लबले आफ्नो आधिकारिक जर्सीका रुपमा सार्वजनिक गरेको क्लब जर्सीको रंग क्लबको लोगोको रंगसँग मिल्दोजुल्दो छ । गाढा निलो र सेतो रंगमा तयार पारिएको जर्सी आकर्षक पनि देखिएको छ ।
स्मरणीय छ, क्लबले यसअघि नै आफ्नो मार्की खेलाडीका रुपमा चर्चित फरवार्ड अन्जन बिष्टलाई घोषणा गरिसकेको छ । साथै अन्य खेलाडीहरुको लिलामी भने शुक्रबार सोल्टी होटलमा हुने कार्यक्रम छ ।
यसपटक लिगमा सहभागि टिम संख्यामा बृद्धि गरि ७ बाट १० पुर्याईएको छ । जसमा झापासँगै स्र्पोटिङ इलाम डि मेची र बिरगंज युनाइटेड थपिएका नयाँ टोली समेत हुन् ।
सुपर लिगको पहिलो संस्करण काठमाडौं रेजर्स एफसीले जितेको थियो ।
Post Comments