News टाईब्रेकरको जितसँगै वार्ड नम्बर ४ फाइनलमा
गोलनेपाल

दुहबी । वार्ड नम्बर ४ यहाँ जारी चौथो मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा वार्ड नम्बर ७ लाई टाईब्रेकरमा ४–३ ले हराउँदै वार्ड नम्बर ४ ले फाइनल स्थान सुरक्षित गरेको हो ।

त्यसअघि दुहबी स्थित श्री सरस्वती माविको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा वार्ड नम्बर ४ का गोलरक्षक बिरबल आलम म्यान अफ द म्याच चुनिए । उनलाई विशेष अतिथी राजकुमार केसीले नगद २ हजार र मेडेलसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत फागुन २० गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल वार्ड नम्बर ६ र १० बीच हुने आयोजकले जनाएको छ । दुहबी नगरपालिकाको आयोजना तथा इलेभल एरोज क्लब, सुनसरीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल फागुन २२ गतेका दिन हुनेछ ।

Post Comments