News बिमल नायक बन्दा झापा फाइनलमा
रमेश समदर्शी

बिर्तामोड । बिमल घर्ती मगर निर्णायक बनेपछि घरेलु टोली झापा–११ यहाँ जारी नेपाल आइस पाँचौं झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो सेमिफाइनलमा झापाले संकटा क्लबलाई २–० ले हराउँदै फाइनल यात्रा पक्का गरेको हो । झापाको जितमा दुवै गोल बिमलले गरे । उनले खेलको १६ र ५८औं मिनटमा गरेको दुई गोल घरेलु टोलीलाई उपाधि नजिक पुर्याउन प्रर्याप्त बन्यो ।

खेलमा निर्णायक दुई गोल गरेका बिमल म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे । झापाले अब उपाधिका लागि फागुन ३० गतेका दिन त्रिभुवन आर्मी फुटबल क्लबसँग फाइनल खेल्नेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख ५५ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख ५ हजार प्राप्त गर्नेछ ।

 

Post Comments