बिर्तामोड । बिमल घर्ती मगर निर्णायक बनेपछि घरेलु टोली झापा–११ यहाँ जारी नेपाल आइस पाँचौं झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो सेमिफाइनलमा झापाले संकटा क्लबलाई २–० ले हराउँदै फाइनल यात्रा पक्का गरेको हो । झापाको जितमा दुवै गोल बिमलले गरे । उनले खेलको १६ र ५८औं मिनटमा गरेको दुई गोल घरेलु टोलीलाई उपाधि नजिक पुर्याउन प्रर्याप्त बन्यो ।
खेलमा निर्णायक दुई गोल गरेका बिमल म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे । झापाले अब उपाधिका लागि फागुन ३० गतेका दिन त्रिभुवन आर्मी फुटबल क्लबसँग फाइनल खेल्नेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख ५५ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख ५ हजार प्राप्त गर्नेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा